सर्लाही / पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्यूठान पुगेर मोरङ तर्फ फर्कने क्रममा सर्लाहीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका-५ फुलजोर चोकमा प्रदेश ३-०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।






































