पर्सा / ६ वर्षीया बालिका  बलात्कार गरेको आरोपमा प्रहरीले पर्साबाट एक पुरूषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-५ घर भई पर्सा वीरगञ्ज महानगरपालिका-१६ बस्ने ५५ वर्षीय पलट चौधरी रहेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

घटना चैत २६ गते दिउँसो १ बजे भएको र परिवारले शुक्रबार जाहेरी दिए पछि मात्र चौधरीलाई पक्राउ गरि अनुसन्धान  अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।