झापा / भक्तपुरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् । मध्यपुर थिमी नगरपालिका-४ चारदोबाटो चोकमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चाँगुनारायण बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो ।
यस्तै, घाइते भएका स्कुटरमा पछाडि सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने ३३ वर्षीय विमल श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारी साधन र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।






































