काठमाडौँ / राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूमाथि छानविन गर्न बनिएको छानविन समिति विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि अन्तरिम आदेशका विषयमा सुनुवाइ भइरहेको छ ।
मन्त्रिपरिषद्को २०७७ चैत २४ गतेको निर्णयबाट गभर्नर निलम्बनमा परेका थिए । अधिकारीको मुद्दामाथि छानबिन गर्नका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन गरेपछि अधिकारी निलम्बित भएका थिए ।






































