काठमाडौं / लामो समय देखि डिप्रेसनको बिरामी रहेका र औषधी सेवन गर्दै आएका २ आमा छोराले आत्मा हत्याको प्रयास गरेका छन् ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ५ कमेरेटारमा आमा छोराले आत्मा हत्याको प्रयास गर्दा ७४ वर्षीया आमा मनमाया तिमिल्सिनाको मृत्यु भएको छ , भने ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं -९ विराटचोक घर भएका उनीहरु कमेरेटारमा डेरा गरी बस्दथे । उनीहरू डिप्रेसनको बिरामी भएकाले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिएका छन् ।






































