ताप्लेजुङ / रेड पाण्डा संरक्षणमा सक्रिय ताप्लेजुङको सिरीजंघा –८ याम्फुदिनका सोनाम लामाले विश्व प्रतिष्ठित हवीट्ली फन्ड फर नेचर (डब्लूएफएन) अवार्ड पाएका छन् ।
बुधबार राति लण्डनमा आयोजित समारोहमा लामालाई ४० हजार पाउण्ड (करिब ६२ लाख नेपाली रुपैयाँ) सहित सो अवार्ड प्रदान गरिएको हो ।
डब्लूएफएनका संरक्षक सर डेभिड एटनबर्गको उपस्थितिमा बेलायती राजकुमारी एनले लामालाई अवार्ड प्रदान गरेकी हुन् । यो अवार्ड अन्य ५ जनालाई प्रदान गरिएको थियो ।
नेटवर्कले कञ्चनजंघा भूपरिधिमा ४ सय हेक्टर क्षेत्रमा बासस्थान पुनःस्थापना गरिसकेको छ भने सयभन्दा बढी स्थानीयलाई दक्ष बनाएर नागरिक वैज्ञानिक अवधारणमा संरक्षणको काम समेत गर्दै आएको छ ।






































