झापा / कास्कीको अन्नपूर्णमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय बाबु जितबहादुर पुन र १८ वर्षकी छोरी सविना पुन रहेको प्रहरीले जनाएको छ ।
सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जितबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । पोखराबाट जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।






































