बाँके / बाँकेमा ६२ लाख रुपैयाँ बराबरको करिब एक किलो सुनका गहनासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका वडा नम्बर -२ एलगाउँस्थित सुवेदी चोकबाट सुनका गहना सहित सहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हार, मङ्गलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झाला, ब्रास्लेट, कानपासा, औठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलीग्रामका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।






































