ओखलढुंगा / ओखलढुङ्गाको लिखु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएका मिलनकुमार विष्ट (मनिष) विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई पक्राउ पुर्जी पठाएको डीएसपी शुकदेव खनालले जानकारी दिए ।
लिखु गाउँपालिका–९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।






































