कैलाली / कैलालीमा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका- १ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउद रहेको प्रहरीले जनाएको छ । 

साउदले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरी अनुसन्धान अगि बढाएको छ ।