धनुषा / प्रहरीले धनुषबाट प्रतिबन्धित लागूऔषध गाँजासहित धनुषा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका- ६ ढल्केबरका ३१ वर्षीय किसुनदेव यादव रहेको प्रहरीले जनाएको छ । यादवलाई सबैला नगरपालिका- १२ रघुनाथपुरबाट पाँच किलो लागूऔषध गाँजासहित पक्राउ  गरेको हो । 

बरमझियाबाट प्र २–०३–०१९प १९४२ नम्बरको मोटरसाइकलमा डुमरियातर्फ जाने क्रममा जाँच गर्दा लागूऔषध गाँजा बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।