काठमाडौं / निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका (एसपी) फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यवहार गरेको भन्दै आयोगले पत्राचार गरेको हो ।

बुधबार अपरान्ह आयुक्तको गाडीमा एसपीको गाडी ठोक्किएपछि एसपी शाहीले आयुक्तलाई गालीगलोज गर्दै अभद्र व्यवहार गरेको स्रोतले जनाएको छ । 

उक्त घटना पश्चात तत्काल आयोगको बैठकले एसपीलाई फिर्ता पठाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको बताइएको छ ।