बर्दिया / बर्दियामा मोटरसाइकलको ठक्करमा परि नगरपालिका मेयरका उम्मेदवार घाइते भएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिकामा मेयरका उम्मेदवार घननारायण श्रेष्ठ घाइते भएका हुन् ।
श्रेष्ठ आफैँले मोटरसाइकल चलाएर ठाकुरबाबा नगरपालिका -७ को सुन्दरबस्ती जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको मोटसाइकलले ठक्कर दिएको थियो । ठाकुरबाबाको सुन्दरबस्ती गाउँको चोक नजिक भे १२ प ४५६९ नम्बरको मोटसाइकलले श्रेष्ठले चलाएको भे ६ प ५५९८ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिएका छन् ।






































