काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३६ जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ११७ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । जसमध्ये २१६ होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।