बिर्तामोड / झापाको कनकाई नगरपालिका -३ नयाँ बस्ती स्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उर्लाबारी नगरपालिका- ७ का ५६ वर्षीय बुद्धकान्त सुवेदी रहेको प्रहरीले जनाएको छ ।
घाईते भएका सुबेदीको उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिए पनि अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
ट्रक चालक सुन्दरहरैचा- ६ का ३१ वर्षीय हर्क बहादुर दर्जीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






































