झापा / स्थानीय तह निर्वाचनका लागि आज (बुधबार) बाट ६ दिन विद्यालयहरू बन्द हुने भएका छन्। 

सरकारले वैशाख ३० गते मात्रै बिदा दिने निर्णय गरेपनि धेरैजसो सामुदायिक विद्यालयहरूमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरू निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरू बन्द गरिएको हो ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।

वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाले आइतबार पनि बिदा हुने छ । 

जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरू बन्द हुने छन् ।