इलाम / इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मौन अवधिमा दुवै जनालाई प्रचार- प्रसारको काममा लागेको आरोपमा उदय राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरूले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् ।




































