चितवन / हावाहुरी कारण शुक्रबार साँझ रूख ढलेर अटो रिक्सालाई थिच्दा चितवनमा तीन जनाको मृत्यु भएको छ ।
पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रुखले थिच्दा घटनास्थलमा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै, भोजाडमै ना १ ज ६१४० नम्बरको म्याजिक भ्यानलाई रुखले थिच्दा भरतपुर –११ का लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ एक्कासि आएको हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा रुख ढल्दा बिजुलीका पोलहरु ढलेका छन् भने ठाउँ-ठाउँमा विद्युत् अवरुद्ध भएको छ ।






































