हेटौँडा / हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।उनका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गरेका छन् ।






































