झापा / नुवाकोटको विदुर नगरपालिकाको उपमेयर नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएकी छिन् । उनी माओवादी केन्द्रका दिवंगत नेता पोस्टबहादुर बोगटीकी छोरी हुन् । पत्रकारिता गर्दै आएकीले ११ हजार ६०६ मत ल्याएर नेकपा एमालेकी अम्बिका नेपाललाई पराजित गरेकी हुन् । हाल राजनीतिमा सक्रिय उनले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालसँग विवाह गरेकी थिइन् ।






































