धनगढी / कैलालीमा ट्रयाक्टर र स्कुटर एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका- १ की ३० वर्षीया सविता कलेल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका -३ कुचौनीमा से १ त ६८२७ नम्बरको ट्रयाक्टर र सु प प्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएको हो ।






































