बिर्तामोड / झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । प्रमुख पदमा नेकपा (एमाले) का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन् ।






































