एजेन्सी / संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् ।

प्रारम्भिक समाचार अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । यद्यपि दुई जनाको मृत्यु भएको प्रहरीले गरेको ट्वीटमा जनाइएको छ। सोमबार भएको विस्फोट नियन्त्रणमा आउनुअघि छ वटा भवन र धेरै पसलहरूमा आगलागी भएको छ ।

क्षतिग्रस्त भवनहरू मध्ये चार वटा भवनलाई सुरक्षित रूपमा खाली गरिएको थियो । भवनहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म ती बासिन्दाहरूलाई अस्थायी आवास खोज्ने प्रयासहरू भइरहेका प्रहरीले जानकारी दिएको छ । पहिलो पटक विस्फोटको आवाज सानो सुनिएको तर त्यसपछि चाँडै नै त्यहाँ ठूलो विस्फोट भएको र यसको आवाज पनि ठूलो आएको बताइएको छ ।