बिर्तामोड / गत जेठ ८ गतेदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् ।
खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् ।
यस्तै खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएको छ । इन्धनको मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर १८ सय पुगेको छ ।






































