काठमाडौँ / सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई बढुवा समितिले एआईजी बढुवा गर्न सिफारिस गरिएको छ । 

जेठ ९ मा बसेको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले डीआईजी नारायणदत्त पौडेललाई मात्र एआईजीमा बढुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । 

वैशाख १९ पछि सशस्त्रमा दुईवटा एआईजीको पद खाली पौडेललाई मन्त्रिपरिषद्ले जेठ ६ मा एआईजीमा एकल बढुवा गरेको थियो ।