काठमाडौं / सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाउने नीति लिएको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत स्वचालित मूल्य प्रणाली लागू गर्ने योजना बनाइएको हो । यस्तै, पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित, सहज तथा लागत प्रभावी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।