काठमाडौं / सरकारले नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) औपचारिक क्षेत्रबाट भित्राउन प्रोत्साहन दिने भएको छ । अहिले औपचारिक क्षेत्रभन्दा हुन्डीबाट धेरै आउने र अन्य क्षेत्रमा लगानी हुन थालेपछि सरकारले यस्तो नीति ल्याउन लागेको हो । वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै जाने, तर रेमिट्यान्स नबढेको विषयलाई ध्यान दिँदै सरकारले आफ्नो नीति तथा कार्यक्रममा औपचारिक क्षेत्रबाट भित्राउन प्रोत्साहन दिने व्यवस्था गरेको हो ।






































