काठमाडौँ / सेन्ट लरेन्स कलेज प्रकरणमा अर्का शिक्षक पनि पक्राउ परेका छन् ।
काठमाडौँ / सेन्ट लरेन्स कलेज प्रकरणमा अर्का शिक्षक पनि पक्राउ परेका छन् ।
विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरू आन्दोलित भएका थिए । त्यसपछि प्रहरीले आरोपित जनार्दन अधिकारीलाई पक्राउ गरेको हो । त्यस्तै अर्का शिक्षक राजनकुमार पौडेललाई पनि पक्राउ गरेको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । उनीहरूविरुद्ध कक्षा ११ का तीन जना छात्राले जाहेरी दिइसकेका छन् । त्यस्तै, अन्य दुई जनाले पनि आफूहरूमाथि दुर्व्यवहार भएको बताएका छन्। यद्यपि उनीहरूले जाहेरी दिइसकेका छैनन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.