काठमाडौं / सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय व्यापार सूचनाका लागि विज्ञ सम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलिजेन्स’ ब्युरो गठन गर्ने भएको छ ।
मंगलबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी दिएकी हुन् । अन्तर्राष्ट्रिय व्यापारको सूचना संकलन, त्यसै अनुसारको सरकारी नीति निर्माण लगायतमा सरकारलाई सघाउने गरी यस्तो ब्यूरो गठन गर्न लागिएको राष्ट्रपति भण्डारीले जानकारी दिएकी हुन् ।






































