काठमाडौं / परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । विभागले आज विहीवार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदा राहदानी लिन आउनेको चाप बढेपछि विभागले आइतबार पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने जनाएको छ ।