काठमाडौं / काठमाडौंबाट २ वटा सुनको सिक्री चोरी गरेको आरोमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका- ६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका- १० भैसे घर भएका २२ वर्षीय सुरेश नगरकोटी रहेका छन् । महानगरपालिका- १६ माछापोखरीस्थित प्रशंसा ज्वेलर्सबाट २ तोला सुनको सिक्री चोरी गरेको आरोपमा उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।






































