काठमाडौँ / विभिन्न कसुरमा दोषी ठहर भइ कैद सजाय भुक्तान गर्दै आएका ८३४ जना कैदीको गणतन्त्र दिवसको अवसरमा सजाय माफी मिनाहा भएको छ ।
यस्तै संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।






































