काठमाडौं / कबड्डी- ४ की नायिका मिरुना मगरले एक दर्शकलाई गालामा झापड हानेकी छिन् । उनले तामाङ थरका ती दर्शकले आफूलाई नियतबस पिठ्यूमा छोएको भन्दै झापड हानेकी छिन् । कबड्डी ४ अहिले हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ । मिरुनाले ती दर्शकले आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी छन् ।






































