काठमाडौं / आईजीपीमा धिरजप्रताप सिंहलाई गरिएको बढुवा विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट मङ्गलबारको इजलासमा हेर्न नमिल्ने भएको छ ।
यसअघि दायर भएका डीआइजीको बढुवा विरुद्धको रिट निवेदनलाई पनि सँगै राखिएपछि हेर्न नमिल्ने भएको हो ।
तत्कालीन डीआइजी धिरज प्रताप सिंह, रवीन्द्र धानुकको एआईजीमा बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंह विरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो ।






































