झापा / सप्तरीमा भाउजूलाई शरीरमा पेट्रोल छर्केर जिउँदै जलाएर हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका- १ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






































