झापा / अर्घाखाँचीमा ७ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालारानी गाउँपालिका वडा नं ७ भेडिखोरी निवासी ३८ वर्षीय कमल महत रहेको प्रहरीले जनाएको छ । बालिकालाई चकलेट खान दिने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप रहेको छ ।






































