पोखरा / चर्चित गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको पुनरावेदन निवेदनमाथि सुनवाई सुरु भएको छ ।
मुलुक भर पछिल्लो समयमा चर्चामा आएको सो बलात्कारको मुद्दा खेपीरहेका शाहको पुनरावेदन निवेदनमाथि उच्च अदालत पोखरामा सुनुवाइ सुरु भएको हो ।
उनलाई जिल्ला अदालत तनहुँ र नवरपुरले पुर्पक्षका लागि थुनामा पठाएपछि आफूलाई धरौटीमा रिहा गर्न माग गर्दै उनी उच्च अदालत पोखरामा पुगेका हुन् ।






































