काठमाडौँ / नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरूले न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।






































