झापा भक्तपुर र उदयपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर- ४ बसाहा घुम्तेली टोलका ४७ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सुत्ने कोठाको ढोका खोल्ने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा घाइते भएका राईको उपचारका क्रममा चौदण्डीगढी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर- १ मनहरामा रहेको सुकुम्बासी बस्तीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्बासी बस्तीमा बस्ने ५२ वर्षका दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।