काठमाडौँ / नेकपा माओवादी केन्द्रले प्रत्येक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कार्यालयलाई सुदृढ र व्यवस्थित बनाउन रुपैयाँ संकलन गर्ने निर्णय गरेको हो ।






































