बिर्तामोड / मोरङको रतुवामाई नगरपालिका -१ हटियाडाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्सी नगरपालिका -९  का २४ वर्षीय राज कुमार शर्मा रहको प्रहरीले जनाएको छ । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० वर्षीय किसन कुमार कामत सामान्य घाईते भएका छन् ।

आइतबार बेलुका साढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका शर्माको रंगेली अस्पताल रङ्गेलीमा हिजै बेलुका सवा ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।