झापा / ओखलढुङ्गाको मोलुङ गाउँपालिका - ६ मङ्गलबारेमा रुखबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षीया दुधमाया कट्वाल रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान ८ बजे घरबाट अन्दाजी २ कि मि दक्षिणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घास काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको थियो ।






































