बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका -६ जब्दिमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया सरस्वती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका साढे ७ बजे घर अगाडि कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएकी श्रेष्ठको घोपा धरानमा उपचार क्रममा आइतबार राती सवा ९ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।