एजेन्सी / युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्व कपमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत गएराति भएको प्ले अफ फाइनलमा वेल्सले युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्यो ।

खेलको ३४ औँ मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले गरेको आत्मघाती गोल नै वेल्सको जितका लागि निर्णायक बन्यो । जितसँगै सन् १९५८ पछि पहिलो पटक  वेल्स विश्व कपमा छनोट भएको हो । अब वेल्सले समूह बी मा रहेर विश्व कप खेल्नेछ ।  
यो समूहमा इङ्ग्ल्याण्ड, अमेरिका र इरान छन् ।