काठमाडौँ / ललितपुरमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका -४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय सन्दिप कुमार शर्मा रहेको प्रहरीले जनाएको छ ।
शर्माले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।






































