झापा / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका- ४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रुपैयाँ सहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सीतामढी ग्राम सोनबर्सा- २ बस्ने ४० वर्षीय विश्वनाथ महतो रहेको प्रहरीले जनाएको छ । 

भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बि आर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई आइतबार दिउँसो पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।