काठमाडौँ / काठमाडौंको दक्षिणकालीस्थित फर्पिङको जङ्गलमा दुई जना युवा युवती मृत फेला परेका छन् ।
सोमबार बिहान जङ्गलमा २०–२२ वर्षका युवा–युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
एसएसपी कुँवरका अनुसार मृत फेला परेका युवक र युवतीको शव नजिकबाट विषादीको बट्टा समेत भेटिएको छ । उनीहरूको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
उनीहरूको पहिचान हुन सकेको छैन। काठमाडौं जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि खटिएको कुँवरले बताए ।






































