विराटनगर / नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा काशीराज पराजुली निर्वाचित भएका छन् । 

उदयपुरको गाईघाटमा सम्पन्न नेपाल निजामती कर्मचारी संगठन प्रदेश कार्यसमितिका पराजुलीसहित २६ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो । 

संगठनको उपाध्यक्षमा झापाकी भीमा भट्टराई र उदयपुरका फणीन्द्र विश्वकर्मा निर्वाचित भएका छन् भने महासचिवमा सुनसरीका रेवती पोखरेल, सचिवमा झापाका राजु गिरी, मोरङका रमेश खतिवडा, ओखलढुङ्गाका प्रबल घिमिरे सर्वसम्मत भएका छन् । 

त्यस्तै कोषाध्यक्षमा झापाकै ठगेन्द्र पौडेल चयन भएका छन् ।