झापा / खोटाङको केपिलासगढी गाउँपालिका- २ खार्तम्छाका २९ वर्षीय मन कुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउँदा एक जना  बुद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६९ वर्षीय हरि प्रसाद राई रहेका छन् ।

गत १९ गते राती ११ बजे आपसी विवाद हुँदा धकेलेर लडाउँदा घाईते भएका हरि प्रसादको न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको हो । घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।