काठमाडौं / काठमाडौं जिल्लाको दक्षिणकाली मन्दिर आसपासको जङ्गलमा एक किशोर र एक किशोरीको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार अन्दाजी २०-२२ वर्षका जस्ता देखिने उनीहरूको शव घोप्टो परेका अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार मृतहरुको नजिकै विषको बट्टा फेला परेको छ ।

घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ । घाँस काट्न गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । विषको बट्टा फेला परेपनि उनीहरूको मृत्युको कारण भने अनुसन्धान पश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ ।